पर्यटन प्रर्वद्धनका लागि लेखनाथका व्यवसायी चितवनमा

0
22

 

कविराज खनाल

चितवन। पर्यटन प्रर्वद्धनकाका लागि होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले १७ औँ वार्षिक साधारण सभा तथा अन्तक्र्रिया कार्यक्रम चितवनको रत्ननगर नगरपालिका सौराहामा सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा नं–३१ बेगनासताल मा रहेको सो संस्थाले चितवनको सौराहामा वार्षिक साधारण सभा गरेको हो । साधारण सभाको अवसर पारेर एसोसिएसनले सौराहा र लेखनाथको पर्यटन विकास सम्बन्धी अन्तक्र्रिया एवं परिचयात्मक कार्यक्रम गरेको हो ।

दुवै क्षेत्रका जनप्रतिनिधि र व्यवसायी सहभागी उक्त कार्यक्रममा वक्ताहरुले पोखरा र सौराहाबीच पर्यटन सहकार्य र पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पर्यटन विकासका लागि व्यवसायीबीचको एकता आवश्यक रहेको बताए । उनले सात तालको वाटिका लेखनाथवाट हिमश्रृखलाहरु दृष्यावलोकन गर्न सकिने सातवटै ताल सहज घुम्न सकिने, विभिन्न प्रकारका माछाका परिकारका लागि यो क्षेत्र प्रख्यात रहेको र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य रहेको भन्दै यसको प्रचारप्रसार आवश्यक रहेको उनले बताए । यसैगरी दुवै क्षेत्रका व्यवसायीले सौराहा आएका पर्यटकलाई लेखनाथ जाने र लेखनाथमा रहेका पर्यटकलाई सौराहा आउने वातावरण व्यवसायीको एकताबाट मात्र सम्भव भएको बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभक्त कँडेलले संस्था मार्फत पर्यटकीय कृयाकलापमा भ्रमण, होटेल व्यवसायीलाई प्रशिक्षण पर्यटनलाई थप चलायमान बनाउन र पर्यटन क्षेत्रलाई पुनरउत्थानका लागि सवै सदस्यलाई आग्रह गर्दै यस प्रकारका कार्यक्रमले दुवै पर्यटकीय ठाउँका पर्यटनलाई चलायमान बनाउदै भातृत्व सम्बन्ध प्रगाढ बनाउन आग्रह पनि गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पोखराको काखमा रहेको लेखनाथको पर्यटन प्रकृतिमा निर्भर रहेको बताए बताउदै नजिकै आउदै गरेको लेखनाथ महोत्सव अवलोकन गर्न चितवन वासीलाई आग्रह गरे ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष ओमप्रकाश पाण्डेले सौराहा र पोखराको पर्यटकीय विशेषता फरक–फरकरहेको भन्दै दुवै तर्फका होटल तथा रेष्टुरेनटका व्यवसायी विच सहकार्य र एकतावद्ध भएर अगाडि बढ्दा उपयुक्त हुने बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्षशंकर गिरीले सफारी पर्यटनको हिसाबले प्रख्यात सौराहाको पर्यटन विकासमा व्यवसायी र स्थानीय सरकारको सहकार्य अनिवार्य रहेको बताए ।

 

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभक्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले र महासचिव सुरेश लामिछाने, रत्ननगर नगरपालिका वडा नं–६ की कार्यवाहक वडाध्यक्ष केशरीमाया सुनार, चितवन उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, एसोसिएसनका निवर्तमान अध्यक्ष अर्जुन लम्साल लगायतले आ आफ्नो मन्तव्य राखेकाा थिए

संस्थाकी सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेश लामिछानेले गरेका थिए ।