पाेखरा । लघुकथा प्रतियोगितामा डा. टीकाराम पोखरेलको ‘डोजर र मान्छे’ शीर्षकको लघुकथा प्रथम भएको छ ।
नीलकण्ठ प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय खुला लघुकथा प्रतियोगितामा प्रा. डा. अजय रिसालको ‘प्रेमकी देवी’ द्वितीय, धन्वन्तरी मिश्रको ‘विकृत प्रदूषण’ तृतीय र गंगा बस्नेत (खड्का) को ‘गरिमा’ लघुकथाले सान्त्वना पुरस्कार प्राप्त गरेको हो ।
प्रतिष्ठानले गत मंसिर मसान्तभित्र प्रतियोगिताका लागि लघुकथा पठाउन बागमती प्रदेशभित्रका लघुकथाकारहरूलाई आह्वान गरेको थियो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः २० हजार, १५ हजार, १० हजार ५ हजारका साथमा प्रमाणपत्र रहेको छ ।
उक्त पुरस्कार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका सदस्य–सचिव प्रकाश पौडेलद्वारा जारी सूचनामा जनाएको छ ।