पाेखरा । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी रुपा रत्न सम्मानबाट सम्मानित हुनुभएको छ। मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार पगेनीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।
पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएकाे महत्वपूर्ण योगदान स्वरूप पगेनीलाई सम्मान गरिएकाे रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयाे ।
रुपा रत्न सम्मान २०८१ बाट सम्मानित पगेनी नेपाल पत्रकार महासंघकाे निर्वतमान केन्द्रीय सदस्य एवम् कानुन बिभाग प्रमुख समेत हुनुहुन्छ ।
पाेखरा पाेष्ट डटकमका संचालक/ सम्पादक पगेनी पत्रकारिताका साथै विभिन्न सामाजिक संघसंस्थावाट सम्मानित भईसक्नु भएको छ।