प्रगतिशील लेखक संघ  गण्डकीमा प्रा. डा.यदुनन्दन उपाध्याय

0
30

 

पोखरा ।  प्रगतिशील लेखक संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायलाई संघको अध्यक्षमा चयन गरेको छ। सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारी चयन भएका छन ।

त्यसैगरी अधिवेशनले बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको छ ।