पाेखरामा  लागुऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय कार्यशाला

0
43

कास्की । जिल्ला   प्रशासन कार्यालय कास्कीको आयोजनामा आइतबार पाेखरामा  लागुऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको उदघाटन गर्नुहुँदै गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  लागु औषधको प्रयोगले  समाजमा  अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक बिखन्डन बढ्दै गएकाे बताउनुभयाे ।  लागुऔषध तथा मदिरा सेवनकाे बिषय  व्यक्ति, घर परिवार, समाज र सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको बताउँदै  उहाँले यसकाे नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने  बताउनुभयाे । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई पाेखरा  लागुऔषध दुर्व्यसन मुक्त क्षेत्र हो भन्ने पहिचान कायम गराउन  सबै सराेकारवाला गम्भीरतापुवर्क लाग्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा ब्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको र      अहिले अर्थ तथा बिकास समितिमा छलफलको क्रममा रहेको जानकारी दिदै मुख्यमन्त्री पाण्डेले   विधेयकले घरेलु मदिरा उत्पादन र बिक्री बितरणलाई ब्यवस्थित गर्ने, रोजगारीको सिर्जना गर्ने, बिभिन्न समुदायको धर्म संस्कृती र परम्पराको जर्गेनामा पनि मद्धत पु¥याउने  बतनउनुभयो ।