पाेखरा । पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दी खोलाको ड्याममा बिहिबार दिउसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
पौडी खेल्न गएका माछापुच्छ«े गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
साथीहरुका साथमा पौडी खेल्ने क्रममा दिउसो २ बजेको समयमा दुई जना एक्कासी डुबेर बेपत्ता भएको सूचनापछि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट गएको गोताखोर सहितको उद्धार टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।