Home ब्रेकिङ्ग न्युज कास्कीका सिडिओ भरतमणि  पाण्डेकाे सरूवा, कास्कीकाे  सिडिओकाे जिम्मेवारी रुद्रादेवी शर्मालाइ  

कास्कीका सिडिओ भरतमणि  पाण्डेकाे सरूवा, कास्कीकाे  सिडिओकाे जिम्मेवारी रुद्रादेवी शर्मालाइ  

0
कास्कीका सिडिओ भरतमणि  पाण्डेकाे सरूवा, कास्कीकाे  सिडिओकाे जिम्मेवारी रुद्रादेवी शर्मालाइ  

 

 

कास्की । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । बर्दिया, कास्की, धनुषालगायतका जिल्लाका सिडिओहरूको फेरबदल गरेकाे हाे ।

कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ । बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।  शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको जिम्मेवारी दिइएको छ ।

यसैगरी, धनुषाका प्रजिअ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ भने  शंकरहरि आचार्यलाई धनुषाको प्रजिअको जिम्मेवारी दिइएको छ ।