पोखरामा प्रत्येक वर्ष हुँदै आएको तायाः मचा नृत्य प्रतियोगीता यसवर्ष पोखरा ३० शिशुवामा हुने भएको छ । नेवा खल कास्कीको आह्वान तथा नेवाः खलः शिशुवाको आयोजनामा श्रावण ३१ गते शनिबार कास्की जिल्लास्तरीय तायाः मचा नृत्य प्रतियोगीता हुने पत्रकार सम्मेलनमार्फत नेवाः खलः शिशुवाले जानकारी दिएको हो ।
कला संस्कृतिको संरक्षण भावि पुस्तालाई हस्तान्तरण भन्ने मुल नाराका साथ कृष्ण जन्माष्ठमीको अवसर पारेर साविक लेखनाथमा पहिलोपटक प्रतियोगीता गर्न लागिएको प्रतियोगीता मुल आयोजक समिति संयोजक अर्जुन कुमार ताम्राकारले जानकारी दिए । प्रतियोगीतामाा यसवर्ष ३५ टिमको सहभागीता रहने जनाईएको छ ।
प्रतियोगीतामा महिला र पुरुषका छुट्टाछुट्टै तायाः मचा समुहहरुले प्रतिष्पर्धा गर्ने छन् । तायाः मचा नृत्य प्रतियोगीता २०८२ मा पुरुषतर्फ प्रथम हुने समुहले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, द्धित्तीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ र चौँथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । संयोजक ताम्राकारका अनुसार महिलातर्फ भने प्रथम, द्धित्तीय, तृतीय र चौँथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार प्राप्त गर्ने छन् । यसबाहेक सहभागी जनाउने प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रदान गरिने जनाईएको छ । प्रतियोगीताका लागि आवश्यक नीति, नियम र सर्तहरुको पालना गर्न सबै कचाः खलःहरुको सहमतीमा आवश्यक गृहकार्य भईरहेको जनाईएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा कास्कीमा मात्रै सिमिति रहेको भन्दै व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औल्याए । तायाः मचाको माध्ययमबाट पोखराको पर्यटन विकासमा समेत सहयोग पुग्ने अध्यक्ष पालिखेको भनाई छ । यसवर्ष प्रतिष्पर्धी समुहको संख्या बढेको पाईएको छ । अध्यक्ष पालिखेका अनुसार गतवर्ष प्रतिष्पर्धी २८ टोली र २ टोली सहभागी गरि कुल ३० टिम रहेकोमा यसवर्ष उक्त संख्या बढेर ३५ पुगेको हो ।
पत्रकार सम्मेलनमा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधान र सहसंयोजक भैरवलाल श्रेष्ठले बोलेका थिए । उनीहरुले प्रतियोगीता सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतियोगीता वर्षेनी पोखराका फरक फरक क्षेत्रमा हुँदै आएको छ । यसअघि पोखराको नयाँबजार, विन्दावासीनी लगायत स्थानहरुमा प्रतियोगीता आयोजना गरिएको थियो ।