कोरोनाबाट इटलीमा २ हजार ९ सय ७८ जनाको मृत्यु

0
389

इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ ।कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

 

बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।