सरकारले कोराना सम्भावित संक्रमणबाट जोगिन चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको छ ।
यस्तै, सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यस्तो घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्रीले चैत १० देखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले कोरोनाबाट बच्न सबै प्रकारका सुरक्षा रणनीति अपनाएको बताउँदै नआत्तिन तर सर्तक रहन आग्रह गर्नु भएको छ ।