कास्की । काठमाडौंमा एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले जानकारी दिए।
उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ। विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएको थियो । अहिले उनको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भइररहेको मन्त्री ढकालले जानकारी दिए ।