कोरोना संक्रमणबाट सुरक्षित रहन  बारा काँग्रेस सभापति चौरसियाको अपिल

0
387

 

राहुल गुप्ता

बारा । नेपाली काँग्रेस बाराले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्ला वासीलाई अपिल गरेको छ । शुक्रबार एक बिज्ञप्ति जारी गर्दे नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले कोरोना भाईरसले बिश्वनै आक्रान्त भएका बेला नेपालमा पनि कोरोना संक्रमणका बिरामी देखा परिसकेको अबस्थामा सबै घर भित्र बसी सामाजिक दुरी पालना गर्न अनुरोध गरेका छन् । सरकारले लगाएको लकडाउनलाई पालना गर्न समेत चौरसियाले जनतालाई अपलि गरेका छन् ।