पोखरा – पोखराको चाउथे स्थित खसी बजार चोकमा बुधबार राति मोटरसाइकल सहित कुलोमा खस्दा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको मोटरसाईकल नजिकैको कुलोमा खस्दा मोटरसाइकल सवार पोखरा-२६ सुन्दरीबजार बस्ने वर्ष ३८ का निम राज पुनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलबाट शव र मोटरसाइकल बिहिवार बिहान मात्रै प्रहरीले निकालिसकेको छ । खसीबजार चोक नजिकै सडक पारीको कुलोमा रातीदेखि शव र मोटरसाइकल रहेको थियो ।
मोटरसाइकलमा अरु सवार रहे नरहेको बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
Photo : Suraj Shrestha