कोरना भाइरस नियन्त्रण र उपचार कोषमा सिद्धार्थ गौतम साकोसले ५१ हजार सहयोग गर्ने निर्णय

0
927
पोखरा।  सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-१२ अमरसिंहले गण्डकी प्रदेशमा खडा गरिएको कोरना भाइरस नियन्त्रण र उपचार कोषमा रु ५१  हजार सहयोग गर्ने निर्णय गरेको छ।
हाल बिश्वभरी  महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम ,नियन्त्रण, उपचार तथा प्रभावितहरुलाइ राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको राहतकोषको लागि सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था पोखरा -१२ अमरसिंहले रु ५१ हजार सहयोग गर्ने  निर्णय गरेको   हो
                 उक्त रकम गण्डकी प्रदेश सरकारलाइ हस्तान्तरण गरिने संस्थाका सचिव सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो  ।
 ६३ औं राष्ट्रिय सहकारीको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अपिल अनुसार उक्त रकम प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खेम बहादुर गुरुङले जानकारी दिनुभयो।