कास्की ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा कोरोना संक्रमण नदेखिएको पुष्टि गरेका छन् । विभिन्न मिडियामा पोखरामा कोरोना संक्रमण देखिएको भन्ने समाचार सार्वजनिक एको थियो ।
मन्त्रालयको नियमित ब्रिफिङमा डा देवकोटाले हालसम्म नेपालमा ६ जनामा मात्र संक्रमण देखिएको बताए । उनले भने, ‘पोखराको कुनै पनि पोजेटिभ केस छैन । प्रदेशमा मेसिन र रियजेन्ट गएको छ । मेसिन भेलिडेसन हुनुपर्ने हुन्छ । भेरिभाइड हुनुपर्छ । सामान्य प्रयोग हो । केही नमुना रि गर्नुपर्ने हुन्छ । शंकास्पद भए, जहाँ पनि रिपिट हुन्छ ।’