गैह्र जिम्मेवार बन्दै पोखराका अस्पताल ,सुत्केरी ब्याथाले छट्पटाउदा समेत भर्ना लिदैनन्

0
4652

सरिता तिम्सिना पगेनी
पोखरा ।
प्रसव पीडाको अबस्था महिलाको एकदमै संबेदनशिल अबस्था हो । यो अबस्थामा थोरै मात्रै लापरबाहीले पनि आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्छ । यस्तो अबस्थामा सुरक्षित प्रसुतिका लागि भरोषाको केन्द्र भनेका स्वास्थ संस्थानै हुन । तर स्वास्थ्य संस्थालेनै सुत्केरी ब्यथाले च्यापेकी महिलालाई भर्ना गर्न मानेनन् भने अबस्था के होला ?अनुमान गर्नुहोस् त ।आज पोखरामा यस्तै एउटा घटना भएको छ ।

पहिलो पटक आमा बन्दै गरेकी पोखरा- १९ पुरन्चौरकी २५ बर्षिया भुमिका त्रिपाठी बाँस्तोलालाई शनिबार रातिदेखि सुत्केरी ब्यथाले चाप्यो । कतिबेला उज्यालो होला र अस्पताल जाउला भन्दै रातभर ब्यथाले छट्पटिएकी उनी श्रीमान र जेठानीका साथमा भेलिपल्ट आइतबार बिहान ५ बजे नियमित गर्भ जाँच गर्दे आएको पोखरा- १६ बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताल पुगीन । ।अस्पतालमा उनलाइ नर्सले चेकजाँच गरे । पाठेघरको दुइघर खुलीसकेको रहेछ । अस्पतालमा प्रसुती गराउने डक्टर नभएको भन्दै मातृशिशु मितेरी अस्पतालले उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाँन सुझाब दिएको भुमिकाका श्रीमान श्रीराम बाँस्तोलाले बताए ।
सुत्केरी ब्यथाले च्यापेकी उनी पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुग्दा घडिले बिहानको साढे सात बजाइसकेको थियो ।
गण्डकी प्रदेशकै ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेपछि भने उनले अब सुरक्षित सुत्केरी भइनेमा ढुक्क भइन् । तर बिडम्वना , उनले सोचेजस्तो ढुक्क हुने परिस्थिति अस्पतालमा बनेन, डेढ घण्टा कुर्दा पनि अस्पतालले भर्ना गर्न नमानेपछि भने उनले  अब मरिने भइयो भन्ने ठानिन्।

आपतको त्यो बेला उनले झट्ट आफ्ना बुवा कृष्ण प्रसाद त्रिपाठीलाई सम्झिन् । उनका बुवा कृण्ण प्रसाद त्रिपाठीले अस्पतालका केहि चिनेजानेकालाई फोन सम्पर्क गर्दा समेत भर्ना गर्न असफल भएपछि बुवाकै सल्लाहमा उनी पोखराको गण्डकी मेडिकल कलेज पुगीन् ।शुरुमा त गण्डकी मेडिकल कलेजले पनि अस्पतालमा बेड नभएको भन्दै आनाकानी गरेको थियो उनका श्रीमान बाँस्तोलाले भने ,पछि बुवाको चिनजानका मान्छेले फोन गरेपछि मात्रै झण्डै आधा घण्टा पछि अस्पतालमा भर्ना भयो ।त्यतिबेल सम्म बिहानको साढे नौ बजिसकेको थियो ।
३ वटा एम्बुलेनसबाट तीन ठाँउका अस्पतालको चक्कर काटेपछि भुमिकाले आइतबार दिउसो १ बजे गण्डकी मेडिकल कलेजमा नर्मल डेलिभरीबाट बच्चा जन्माएको उनका बुवा कृण्ण प्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।

कोरोना भइरसका त्रासका कारणले सरकारी अस्पतालले समेत भर्ना लिन मानेन उनले पोखरा पोष्ट संग भने कोरोनाका कारणले यहाँ अन्य बिरामीले समेत उपचार नपाउने भए ।
कोरोनाको कहर यतिबेला सारा बिश्वले भोगीरहेको छ । सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा बिश्वबिद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफु कहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको ब्यबस्था मिलाउन गण्डकी प्रदेश सरकारले निर्देशन दिइसकेको अबस्थामा समेत प्रसुति ब्यथाले छट्पटाएकी बिरामीलाइ बिभिन्न बाहाना देखाई तत्काल उपचार नगरी फर्काउनु अस्पतालको गैह्र जिम्मेवार कार्य हो ।