गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा भन्छन्: जनताको सुःख दु:खमा म सधै साथमा रहनेछु

0
896

कास्की ।
गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले सोमबार ११३ परिवारलाई राहात बाँडेका छन । उनले ब्यक्तिगत खर्चमा पोखरा महानगरपालिकाका ९ र २१ नम्वर वडाका कृण्ण टोल र मनकामना टोलमा पुगी स्थानीय सरकारको समन्वयमा राहात बाँडेका हुन ।

वडाको लगतमा नपरेका तथा राहातको आबश्यकता भएका दैनिक ज्यालादारी गरी जीवन निर्बाह गर्दे आएका असक्त र असाहायहरुलाई लक्षित गरी आफुले ब्यक्तिगत खर्चमा राहात बाँडेको साँसद थापाले पोखरा पोष्टलाई जानकारी दिए। यस अघि पनि उनले झण्डै २ सय घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका थिए । “ जनताहरुको हरेक सुःख दुःखमा म सधै साथमा रहनेछु, साँसद थापाले भने ,यसलाइ मैले मेरो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु ।” थापा नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ प्रदेश ख वाट निर्बाचित सांसद हुन् ।