आमा जस्तो माया गर्ने ,यो संसारमा कुन छ

0
453

 

कविता पन्थी

हाम्लाई सानो घाउ लाग्दा

तिम्लाई किन दुख्छ
आमा जस्तो माया गर्ने
यो संसारमा कुन छ
आफ्नो सुख,आफ्नो खुशी
सबै बिर्सीएकी
रातरातभर जागा भई
हाम्लाई हुर्काएकी
सृष्टीकी पहिलो गुरु
ईश्वरकी बरदान
प्यारी प्यारी आमालाई
हाम्रो सम्मान
सन्तानको लागि आमा
शीतविन्दू हुन्
निस्वार्थ माया गर्ने
विराट् सिन्धू हुन्
संस्कार,सभ्यता सिकाउने
घरकी गुरु हुन्
लड्न खोज्दा समाउने
जीवन मूल हुन्
हाम्रो हासो,हाम्रो खुशी
सबै आफ्नो मान्ने
मुख देखेपछि नै
भाव मनको जान्ने
यस्ती प्यारी आमालाई
सधै खुशी सधै सुखी
देख्न पाउने कामना
मातातिर्थ औसीको
मंगलमय शुभकामना