आज अक्षय तृतीया पर्व । यहि तीथि पारेर २०५८ साल वैशाख १२ गते “शान्ति र विकासका लागि संचार” रेडियो अन्नपूर्ण ९३.४ को कल साईन वजाएर प्रशारण आरम्भ भएको थियो ।
यहि अवसरमा रेडियो लाखौं श्रोता, शुभेच्छुक, विज्ञापनदाताहरुको सहयोग र सहकार्य संगसंगै १९ वर्ष पूरा गरेकोमा सबैलाई हार्दिक आभार व्यक्त गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई बहन गर्दै आवाजबिहीन जनताको आवाज बन्ने हाम्रो प्रयास निरन्तर जारिरहेको छ । तपाँईको अतुलनिय साथ र माया साथै सद्भाबले हामीलाई अझैं अगाडी वढ्ने प्रेरणा मिलेको रेडियो जनाएको छ ।
अक्षय अर्थात् कहिल्यै नाश नहुने मान्यता रहेको अक्षय तृतीयाको दिनको हो । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने विश्वास पनि रहेको छ । हामी हाम्रो तपाँई प्रतिको दायित्वबाट कत्ति पनि विचलित नभई निरन्तर संचार सेवामा तल्लिन भईरहने प्रण गरिएको छ ।
संसार अहिले कोरोना भाइरसको चपेटामा परेको छ । हाम्रो देश पनि कोरोनाभाइरसको जोखिममा रहेको छ । यहि समयमा सरकारले जनताको सुरक्षाको लागि देशभर लकडाउन जारि राखेको छ ।
हामी सबै नाआत्तिकन घरमै बसौं, सुरक्षित रहौं । आफू पनि नआत्तिऔं, अरुलाई पनि नअत्याउँ ।
बेला बेलामा सेनिटाईजरको प्रयोग गरौं, साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने गरौं, भिडभाड नगरौं र नजाऔं । आफु पनि बचौं र अरुलाई बचाउने कुराहरु सुझाऔं, सबैमा सुस्वाथ्य तथा दीर्घायूको कामना सहित १९ औं बार्षिकोत्सवको अवसरमा तपाईं सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछौं रेडियोले भनेको छ ।