– कोरोना महामारीको समयमा सबै बिद्यालय, कलेज र बिश्वबिद्यालयहरु बन्द रहेको स्थिति छ, उक्त स्थितिमा विद्यार्थीको पढाई र परीक्षाबारे चिन्तन गर्दै सामाजिक संजालमा अनेकौं टिका-टिप्पणीहरु र ब्यक्तिगत धारणाहरु देखिएका छन् । सो बिषयमा नेपाल विद्यार्थी संघ कास्कीका नेता बिपिन पौडेलले पनि आफ्नो ब्यक्तिगत धारणा व्यक्त गरेका छन्।
नेता पौडेलले लकडाउनको समयमा विभिन्न बिद्यालय, कलेज र बिश्वबिद्यालयहरुले अनलाइन कक्षा सुरु गरेका र उक्त कक्षा सम्पन्न परिवारका बिद्यार्थीलाई उपयुक्त र प्रभावकारी रहेको तर ग्रामीण भेगका विद्यार्थी र विपन्न परिवारका विद्यार्थीलाई असम्भव भएको जनाएका छन्। त्यसैले विद्यार्थी नेता पौडेलले ग्रामीण भेगका विद्यार्थी र गरिब परिवारका विद्यार्थीलाई ध्यानाकर्षण गरि यथाशीघ्र उनीहरूलाई प्रभाव पर्ने उचित योजना ल्याएर केही निर्णयहरु गर्न सरकार समक्ष अपिल पनि गरेका छन्। साथै पौडेलले नेपाल विद्यार्थी संघका सम्पुर्ण नेता तथा कार्यकर्तालाई आफ्नो ठाउँबाट मर्कामा परेका विद्यार्थीलाई सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन्।