नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो

0
456

पाेखरा  ।नेपालगन्जमा ९ र वीरगन्जमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगन्जमा संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

वीरगन्जमा थप १ जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज -३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।