नेपालगन्जमै थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

0
415

नेपालामा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। आइतबार भेरी अञ्चल अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परिक्षण अनुसारथप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको  स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह-प्रबक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।

यसअघि नेपालगन्जमै ९ जनामा कोरोना संक्रमण देखिएको थियो । एकैदिन नेपालगन्‍जमा कोरोना संक्रमिको संख्या १५ पुगेको छ भने आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा वीरगन्‍जका एकजना ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि आइतबार दिउँसो पाँच महिना र चार पुरुषमा कोरोना देखिएको थियो भने आजै नेपालगन्‍ज उपमहानगरपालिका-०८ का १६, २१ र ३४ वर्षका पुरुषहरु र ४०, ४५ र ६० वर्षका महिलाहरुमा कोरोना संक्रमण भएको थियो ।