नेपालगन्जमै थप सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२  पुग्यो

0
304

 

 

नेपालगन्ज । नेपालामा कोरोना संक्रमितको संख्या ८२  पुगेको छ।

मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको  स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह-प्रबक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।नेपालगन्जमै थप सात  जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ ।

मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९ वर्षकी बालिका ३२, ३४ र ५५ वर्षीया महिला रहेको जनाइएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ  जनाइएको छ।