सबैभित्र बुद्धभाव मैले देख्न सकूॅ

0
891

विषैविष पनि अम्रृत मैले देख्न सकूॅ
शत्रुताका काॅडाबिच मित्रभाव पोखूॅ
राग,द्वेष,मोहलाई भग्न गर्न सकूॅ
जीवन र जगतलाई गहन बुझ्न सकूॅ

सत्कर्मको बाटो सधै मैले रोज्न सकूॅ
ढुङ्गा हान्न खोज्नेलाई फूल दिन सकूॅ
व्यक्ति आफै दुष्ट हुन्न भन्ने बुझ्न सकूॅ
सबैभित्र बुद्धभाव मैले देख्न सकूॅ

मंगल सम्झू,मंगल बोलू,मंगल नै गरूॅ
तेरोमेरो भाव नली समभाव गरू
पंचशील पालन गर्दै अघि बढ्न सकूॅ
जति तृष्णा उति दुःख बुझाउन सकूॅ।।
बुद्धजयन्तीको सबैमा हार्दिक शुभकामना

कविता पन्थी