साझा पार्टी भन्छ :पोखरा १६ को घटनाले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको छ

0
545

पोखरा । साझा पार्टीले पोखरा -१६ मा घटेको घटनाले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको बताएको छ । शुक्रबार साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले प्रेस विज्ञप्ती जारी गर्दे पोखरा- १६ मा घटेको जातिय विभेदसम्बन्धि घटनामा पीडकलाई आत्मबल र संरक्षण पुग्ने गरी नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्युनिष्ट पार्टी नै नांगिएको उल्लेख गरेका छन् ।

साझा पार्टीले गत चैत २६ गते पोखरा महानगरपालिका वडा नम्बर -१६ मा घटेको जातिय विभेद र यसले निम्त्याएको जातिय द्वन्द तथा जनप्रतिनीधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन । यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

साझा पार्टीले ‘जातिय विभेद गर्ने र जातिय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश संसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ । जातिय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता दिन पार्टीले जोड दिएको छ ।

प्रेस विज्ञप्ती

धार्मिक, साँस्कृतिक जातिय विविधता नेपालको सम्पत्ति हुन् साझा पार्टी सनातन धर्म, धार्मिक तथा जातिय सहिष्णुतासहितको सुसँस्कृत समाज निर्माणमा रहेको अवगत नै

गत चैत २६ गते पोखरा महानगरपालिका वडा नम्बर १६ मा घटेको जातिय विभेद यसले निम्त्याएको जातिय द्वन्द तथा जनप्रतिनीधिको आपत्तीजनक अभिव्यक्तिप्रति सिंगो साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको स्थानिय निकाय तथा समुदायको सामुहिक लगानीमा सार्वजनिक जग्गामा बनेको सामुदायिक क्रियापुत्री भवन समुदायकै सदस्यले जातकै कारण प्रयोग गर्न नपाएको चानेचुने विषय होईन यतिमात्र नभएर जातिय उत्पिडनमा पारि गाली गलौज तथा हातपातसम्म गर्न खोजिनुले नेपाली समाज जातिय जडमा डुबेको देखिन्छ यसै सन्दर्भमा पीडकलाई आत्मबल संरक्षण पुग्ने गरि नेकपाका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिले जातिय विभेदको विरुद्ध रहेको भनिएको कम्यूनिष्ट पार्टी नै नांगिएको यस्ता गैरजिम्मेबारीपुर्ण अभिव्यक्तिको समेत साझा पार्टी घोर भत्र्सना गर्दछ

घटना घटेपश्चात देखिएको परिघटनाले पीडितलाई विभिन्न दबाबमा राखेर घटना साम्य पार्ने उद्देश्य देखिनु दण्डहिनताको पराकाष्ठा हो यसै सन्दर्भमा यस खालको मुद्दा पीडित पीडकको बीचको मात्र नभई राज्य पीडकबीचको हुनुपर्ने हाम्रो धारणा यस्तो किसिमको अन्यायपुर्ण विभेदलाई सरकारबादी मुद्दाको रुपमा विश्लेषण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु साथै पीडकको घटनाको मतियार देखिने प्रदेश सदस्य माननीय कृष्णबहादुर थापालाई समेत अनुसन्धानको घेराभित्र राखि प्रचलित कानुनले तोकेको व्यवस्था अनुसार हदैसम्मको कारबाहीको लागि माग गर्दछु

साथै पीडितलाई सुरक्षा दिनु राज्यको दायित्व भएकाले पीडित परिवारको सुरक्षा व्यवस्थाको लागि ध्यानाकर्षण गर्न चाहन्छु साझा पार्टीले दण्डहिनताको अन्त्य, भ्रष्टाचारको अन्त्य, सहिष्णुतासहितको समाजको परिकल्पना गरेको जानकारी गराउन चाहन्छु

संयोजक
अर्जुन खनाल
साझा पार्टी, कास्की