नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो

0
554

 

 

कास्की । शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि  भएको हो ।

उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको   हो ।