राहत नपाएर जनता बसेका छन बिचल्लीमा

0
595

प्रशान्त पराजुली

करोडौं गाडी चढ्छौ,कहाँबाट आयो तेत्रो धन,

अरुबेला मतलब छैन,चुनावको बेलामा राख्नुपर्ने जनताको मन।

चुनावको बेलामा पैसा फाल्छौ गल्लीगल्लीमा,

राहत नपाएर जनता बसेका छन बिचल्लीमा।

पढेकोले हैन,चिनेकोले काम पाउछ,

यस्तो पाराले देशमा बिकास कसरी आउँछ।

अब लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा गाप्छ,

नहुनेले भन्दा हुनेले बढी राहत थाप्छ।

अब कोरोनाले कतिको ज्यान लाने हो,

भोकमरी लाग्यो भने हामी जनताले के खाने हो।

आफ्नो मात्रै हैन,जनताको पनि पेट भर्देउ,

बिकास नगरेपनी,बिन्ती छ यो देशलाई नबिगार्देउ।

भाषण र गफ छन ठुलाठुला,

यो देशको बिकास अब कस्ले गर्ने होला।

अहिलेको सरकारलाई कसैले छैन रुचाएको,

देशको सिमा मिचिएको होकि बेचिएको।

अन्यायको विरुद्ध आवाज उठाउदा,जेल जानू पर्छ,

न्यायको लागि लड्दा,गोलि खानु पर्छ।

खै सरकार,देशमा के परिवर्तन ल्याएउ अहिलेसम्म,

जनताहरु भोकभोकै मर्ने कहिले सम्म।

खै प्रधानमन्त्रीज्यु,देशमा बिकास ल्याएको,

कहिले सुन्नेहो यो कानले,निर्मलाले न्याय पाएको

कहिले सुन्नेहो यो कानले,निर्मलाले न्याय पाएको।