कास्की ।नेपालमा थप १० जनामा कोरोना पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा वडा नं ९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नं. ३ का तीन जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ। ३६ जना निको भएका छन् भने एक जनाको मृत्यु भएकाे छ ।