कास्की । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेसँगै सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत २५ गते मध्यरातसम्मको लागि समय थप गरेको थियो । चैत २५ गते सरकारले पुनः लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको थियो भने वैशाख २ गते लकडाउनको समय थपेर बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको गरेको थियो । त्यस्तै १४ गते पुनः बसेको बैठकले बैशाख २५ गतेसम्म लकडाउन गर्ने निणर्य गरेको थियो । २४ गतेको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको थियो ।