पोखरा ।
सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको आयोजनमा मजदुर, अपाङ्ग तथा बहिरा संघलाई आईतबार निःशुल्क भोजन, खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
कोरोना भाईरस (कोभिड—१९ंं) का कारण मजदुर तथा शारीरिक रूपमा अशक्त रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पर्न गएको भन्दै सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालले राहत बितरण कार्य गरेको हो ।
राहत कार्यक्रमको लागि यूकेबाट अन्तिम गुरुङ्गको संयोजकत्वमा संकलित रकम रु ९४ हजार ७ सय २० रुपैया र सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा जम्मा भएको सहयोग रकम रु २६ हजार गरी करिब रु १ लाख २१ हजार रकम बराबरको राहत बितरण गरिएको हो ।
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जिविकोपार्जनमा समस्या परेका ३० जना अपाङ्गता तथा एकल महिला, २० जना अस्वस्थ तथा बहिरा र १६ जना मजदुर परिवार गरी जम्मा ६६ जनालाई राहत स्वरुप उक्त सामाग्री बितरण गरिएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालकी अध्यक्ष बिना गुरुङ्गले जानकारी दिनुभयोे ।
सोही राहत वितरण कार्यक्रममा बोल्दै रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाले पोखराको श्री राम आधारभुत विद्यालयमा एक हप्ता देखि समस्याग्रस्त परिवारलाई निःशुुल्क खाना खुलाउने उक्त संस्थालाई ७५ के.जी. चामल प्रदान गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा महिला सिप बिकास तालिम केन्द्रकी संचालिका रामकली खड्काले उपस्थित सबैजनालाई आफ्नै संस्थाले तयार गरेको मास्क बितरण गर्नुभएको थियो । उहाँले अब आउने दिनमा आफ्नो केन्द्रबाट संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
राहत वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको समन्वय तथा रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाको संयोजनमा राहत वितरण गरिएको हो ।
सो वितरण कार्यक्रममा संजीवनी दिदीबहिनी केन्द्रका सदस्य दिलमाया प्रजापति, सचिव कौशिला गुरुङ, प्रहरी प्रशासन असई याम प्रसाद गौतम, मिलन विश्व समाचार का प्रबन्धक निर्देशक मणि लाल गुरुङको समेत उपस्थिति रहेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.