पत्रकारलाई निडर भएर कलम चलाउन देउवाको आग्रह

0
509

कास्की ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारलाई निडर भएर कलम चलाउन आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको २९औं स्थापना दिवसका अबसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जुम एपमा मंगलबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले विपदका बेलामा मिडियाको महत्वपुर्ण भुमिका हुने भन्दै निडर भएर कलम चलाउन आग्रह गरेका हुन ।

प्रधान मन्त्री केपी शर्मा ओलीले संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप प्रति सभापति देउवाले प्रधानमन्त्री ओलीलाई प्रेस स्वतन्त्रता विरोधी अभिब्यक्ति नराख्न समेत आग्रह गरेका छन् ।  पत्रकार समेत कोरोनाबाट संक्रमित हुन थालेका छन् भन्दै देउवाले सरकारले कोरोना परिक्षणको दायरा बढाउनु पर्र्नेमा जोड दिए ।
कोरोना कहरबाट पत्रकारिता क्षेत्र समेत संकटमा पर्दे गएको छ भन्दै देउवाले पत्रकार र मिडिया हाउसलाई राहात योजना ल्याउन सरकार समक्ष माग गरे। लक डाउन भएको दुइ महिना बित्दा समेत सरकारले पर्याप्त परिक्षण र क्वारेन्टाइनको उचित ब्यबस्थापन गर्न नसकेको प्रति पत्रकारले जोडदार आवाज उठाउनु पर्ने बेला आएको देउवाले बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोरोनाको कारण पत्रकारहरु बेरोजगार हुने क्रम बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सवालमा नेपाल प्रेस युनियन संग सहकार्य गर्दे अघि बढ्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनमा आबद्ध देशभरका झण्डै सय भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।