कास्की । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २४ पुगेको छ। स्याङजाको गल्याङमा नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कवारेन्टाइनमा बसेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २८ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।