अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी  द्धारा डब्लु डब्लु जे गण्डकीलाई रोग प्रतिरोध क्षमता बढाउने औषधी  तथा सुरक्षा सामाग्री बितरण

0
866

कास्की ।

अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशले पोखराका क्रियाशिल पत्रकार महिलाहरुलाई रोग प्रतिरोध क्षमता बढाउने औषधी आर्सनिक एल्ब ३० सि साथै सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आइतबार पोखरामा एक कार्यक्रमको आयोजना गरी अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. बिष्णु प्रसाद चापागाइले क्रियाशिल पत्रकार महिला (wwj) गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

सुरक्षा सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि क्रियाशिल पत्रकार महिला(wwj) गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीले बिपदका समयमा रिपोटिङ गर्दा पत्रकार महिलाहरु थप सुरक्षित र जिम्मेवार भएर पत्रकारिता गर्नु पर्ने बताइन ।

पत्रकारिता पेशा सधै चुनौतिपुर्ण पेशा भएको उल्लेख गर्दे अध्यक्ष पगेनीले कोरोना कहरका बीचमा पत्रकारिता पेशा थप चुनौतिपुर्ण बन्दै गएको बताईन् ।विपदका समयमा पत्रकारले आम नागरिकलाई राहात हुने खालका सुचना सम्प्रेशण गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. बिण्णु प्रसाद चापागाइले कोरोना कहरका बीचमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुकोे रोग प्रतिरोधात्मक शक्ति बढाउनका साथै सुरक्षित भएर काम गर्ने वातावरणमा सहयोग पुर्याउने उदेश्यले औषधी लागायतका सामाग्री बितरण गरिएको बताए ।

आर्सनिक एल्ब ३० सि को प्रयोगले मानिसको शरिरको रोग प्रतिरोधात्मक शक्ति बढाउछ भन्दै ,डा चापागाइले बिश्व स्वास्थ्य संगठनले समेत शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिइरहेको उल्लेख गरे । उनले कोरोना संग लड्नका लागि आर्सनिक एल्ब ३० सि को प्रयोग गर्न सबैलाइ आग्रह समेत गरे ।नेपालमा होमियोप्याथिकको बिषयमा आम नागरिकलाई जनचेताना जगाउनु पर्नेमा समेत उनले जोड दिए ।

अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत एसोशिएसनले पोखरामा संचालित आरोग्य होमियो फार्मेसी इन्द्रचोक,किरण होमियो फार्मेसी रामबजार,नबजीवन होमियो फार्मेसी इन्द्रचोक,लाइफकेयर होमियो फार्मेसी इन्द्रचोक ,संकल्प होमियो फार्मेसी बगर,पद्यमाश्री होमियो फार्मेसी न्युरोड,दिप ज्योती होमियो फार्मेसी गौरीमार्गले अग्रपत्तिमा रहेका काम गर्ने पत्रकार ,सुरक्षाकर्मी,चिकित्सक,एम्बुलेन्स चालक,जनप्रतिनिधि,सामाजि क अभियान्ताहरुलाई शरिरको प्रतिरोधात्मक क्षमता बढाउने आर्सेनिक एल्ब ३० सि निशुल्क बितरण गरिएको  जानकारी दिइन् ।

अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका अध्यक्ष डा. बिष्णु प्रसाद चापागाइको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डा. दिलिप पाण्डेले गरेका थिए ।
सामाजिक दुरी कायम गर्दे अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशको हलमा आयोजना गरिएको कार्यक्रममा अल नेपाल होमियोप्याथिक एसोशिएसन गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष किरण गुरुङले कार्यक्रममा सहभागी पत्रकार महिलाहरुलाई मास्क,सेनिटाइजर,ग्लोव्सका साथै शरिरको प्रतिरोधात्मक क्षमता बढाउने आर्सेनिक एल्ब ३० सि बितरण गरेकी थिइन् ।