म्याग्दीका संक्रमितसंगै आएका ६ जना सम्पर्कविहिन,पोखराका २ जना पनि भेटिएनन्

0
634

 

कास्की । जेठ ९ गते भैरहवाको नमुना मा.बि. को क्वारेन्टाइनमा बसेकाहरुलाइ लिएर म्याग्दी आएको बसमा सवार मध्ये ६ जना सम्पर्कबिहिन भएका छन् ।

बसमा सवार २३ जना मध्ये म्याग्दीको मालिका गाँउपालिकाका ३० बर्षीय पुरुषमा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भए संगै गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले बसमा सवार यात्रुको खेजी कार्य शुरु गरेको छ ।
म्याग्दीका संक्रमित संगै आएका ६ जना सम्पर्क विहिन भएपछि गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले खेजी कार्य शुरु गरेको हो ।

सम्पर्कविहिन ६ जना मध्ये पोखराका २ जना पोखराको पुरानो बसपार्कमा, लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबु खैरेनीमा ओर्लको निर्देशनालयका निर्देशक डा बिनोदविन्दु शर्माले जानकारी दिएका छन् । उनीहरुलाई स्वास्थ्य सस्थाको सम्पर्कमा रहन निर्देशनालयले आग्रह गरेको छ ।

प्रेस बिज्ञप्ति :
मिति २०७७/०२/०९ भैरहवाको नमुना मा.बि.बाट क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको म्याग्दी यातायात प्रा.लि.को गाडी नम्बर ना.५.ख २८९८ मा सबार १ व्यक्ति (म्याग्दीमा नमुना संकलन गरिएको, नतिजा २०७७/०२/१५ मा कोरोना पोजेटिभ देखिएको) कोरोना संक्रमण भएको जानकारी यहाँहरुलाई बिदितै छ . उक्त सबारी साधनमा सबार २३ जना यात्री मध्ये गोरखा जाने १ जना आबुंखैरेनीमा, लमजुङ जाने ३ जना यात्री तनहुँको डुम्रेमा र पोखरा महानगर पालिकाको पुरानो बसपार्कमा २ जना यात्री ओर्लेको सूचना स्वास्थ्य निर्देशानालयलाई प्राप्त भएको छ . उक्त गाडीमा माथि उल्लेखित कोहि व्यक्ति वा स्वय तपाई नै हुनुहुन्छ भने नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
मिति: २०७७/०२/१८
समय : दिउसो ३:०० बजे
स्वास्थ्य निर्देशनालय पोखरा