पाल्पामा पहिलो पटक ३ जनामा कोरोना पोजेटिभ देखियो

0
455

सीता डोटेल

पाल्पा । पाल्पामा पहिलो पटक ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा काेराेना पाेजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।

उनीहरुकाे पिसीआर परीक्षणका क्रममा पाेजेटिभ देखिएकाे हाे । उनीहरुलाइ तानसेनमा निर्माण गरिएकाे आइसाेलेशन सेन्टरमा राख्ने तयारी भइरहेकाे छ ।

कोरोना संक्रमण भएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो।