कास्की । पर्वत जिल्लामा पहिलोपटक मंगलबार बिहान ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने स्याङ्जामा ५ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार पर्वतकाे फलेवासका कुश्मा नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका २० र ४० बर्षका पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे हाे भने महाशिला गाउँपालिकाका कुश्मा नगरपालिकाकाकै क्वारेन्टाइनमा रहेका १९,२०र २१ बर्षका पुरुषमा पनि काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ।
त्यसैगरी स्याङ्जाको चापाकाेट नगरपालिकाका २२,२६,३२,४० र बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा काेराेना पाेजेटिभ पुष्टि भएकाे निर्देशनालयले जनाएको छ।
उनिहरु नगरपालिका र गाउँपालिकाका क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालकाे अाईसाेलेशनमा लैजाने तयारी भईरहेकाे निर्देशनालयका निर्देशक डा.विनाेद विन्दु शर्माले जानकारी दिएका छन् ।याे संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुगेको छ।