कास्की । कास्कीको रूपा गाउँपालिकामा रहेकाे गाउँ युवा क्लब संजालले गाउँपालिका भित्र कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा परेको प्रभाब र आगामी बजेटबारे स्थानीय युवाहरुको धारणा संकलन गरि गाउपालिकालाइ प्रतिबेदन बुझाएको छ। १५ दिन लगाएर गाउपालिकाका ७ वटै वडाका ३५ बर्ष मुनिका सबै युवाहरूको धारणा प्रश्नउत्तर बिधीबाट फारम भर्न लगाइ संकलन गरिएको हो।
बिशेषगरी गाउँपालिकाको अर्थतन्त्रलाई बढी केन्द्रित गरिएको यस अभियानमा हाल युवाहरुले गरिरहेको काम, उनिहरुले आगामी दिनमा गर्ने कामको योजना र युवा लछित गाउपालिकाको नीति तथा कार्यक्रम र बजेटलाई मुख्य प्राथमिकता राखिएको छ।
यस सगै गाउपालिका भित्र कोरोना भाइरसको कारण शिक्षा,स्वास्थ्य,समाज,मनोबिज्ञानका क्षेत्रमा परेको प्रभाब र यसका निमित्त युवा लक्षित कार्यक्रमलाइ समेत प्राथमिकता राखी प्रतिबेदन गाउपालिकालाइ बुझाइएको हो।
गाउँ युवा क्लब संजालको आयोजना संचालित यस अभियानका लागि गाउपालिकाका ७ वटै वडाका युवा क्लब संजाल वडा प्रतिनिधिहरु स्थानिय युवाहरुको घर घरमै गइ धारणा संकलन गरेका थिए।
धारणा संकलनको क्रममा रुपा- ३ का युवा सन्देश अधिकारिले बिशेषगरि ग्रामीण अर्थतन्त्रको बिकासमा युवाहरुको भुमिकालाइ जोड्न यो अभियान महत्त्वपूर्ण रहने बताए। रुपा- ७ का स्थानिय युवा सचिन सुबेदिले अब आयातलाइ प्रतिस्थापन गरि निर्यातमा जोड दिनुपर्ने उल्लेख गरे। यसैगरि समृद्ध रुपा क्लबका अध्यक्ष राजन सुबेदिले रुपा गाउपालिका आत्मनिर्भरको बाटोमा अगाडी बढनुपर्ने र त्यसको लागि युवालाइ योग्य बनाउनु पर्ने भनी यस अभियानले गाउपालिका भित्रका युवाहरुमा सकारात्मक उर्जा भर्ने बताए।
अभियानको क्रममा संकलित धारणामा युवाहरुले बिशेषगरी सिपको बिकास, घरेलु उद्योगको बिकास, अनुदान रहित कृषि, मानव पुजिको बिकास, स्थानिय योजना आयोग गठन, पर्यावरण स्विकार्य बिकास, अनौपचारिक शिक्षा, स्वास्थ्यमा पहुँच, प्राबिधिक शिक्षामा प्राथमिकता, युवाहरुलाइ सामाजिक अभियानमा संलग्न गराउने जस्ता कुरामा जोड दिएका छ्न।
गाउपालिकालाइ गाउपालिका भित्रका युवाहरुको धारणा र बजेटबारे लिखित रुपमै मागहरु प्रस्तुत गर्ने र आगामी बर्ष पनि यसलाइ दस्तावेजका रुपामा रहनेगरि गाउपालिकालाइ युवामैत्रि बनाउने नया अभियानको सुरुवात भएको गाउँ युवा क्लब संजाल रुपाका अध्यक्ष अशोक ढकालले जानकारी दिए।प्रतिबेदन गाउपालिकालाइ बुझाउदै उनले आफुहरु गाउपालिका भित्र जुनसुकै अभियान संचालन गर्नपनी तत्पर रहेको भन्दै यसका लागि गाउपालिकाले साथ दिनुपर्ने बताए।
रुपा गाउपालिका उपाध्यक्ष लालशुब्बा गुरुङले युवा संजालले आगामी दिनमा यस्तै सामाजिक अभियान गर्नुपर्ने र यसलाइ गाउपालिकाले सधै साथ दिने बताउनु भयो। प्रतिबेदन बुझ्दै गाउपालिका अध्यक्ष नवराज ओझाले यसमा सम्मीलित सबै कार्यक्रम अहिले नपरेपनी प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने र युवाहरुको निमित्त सधै काम गरिरहने अठोट ब्यक्त गरे। रुपा गाउपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट अबको केही दिनमा ल्याउदै छ ।