पाेखरा ।बाग्लुङमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ निर्देशनालय गण्डकीले बिहीबार थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएको छ।प्रदेश काेराेना परिक्षण प्रयाेगशाला पाेखरामा गरिएकाे परिक्षणमा बाग्लुङका थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
डा . शर्माका अनुसार बागलुङको निसीखोला गाउँपालिकामा १ महिला सहित ३ जना, बडिगाड गाउँपालिकाका ४ जना पुरुष र गल्कोट नगरपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी निसीखोला गाउँपालिकाका एक जना ३३ बर्षिया महिला र दुई जना २२ र २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको होभने बडिगाड गाउँपालिकाका १६ बर्षिय बालक सहित २०, २१ र २५ बर्षिय पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससँगै बागलुङमा संक्रमितको सख्ंया १८ पुगेको छ । त्यसमध्ये २ जना निको भइसकेका छन् ।