कास्की । कास्कीको रुपा गाँउपालिकाका अध्यक्ष नवराज अाेझाले रुपावासीलाई संयमित हुन तथा त्रसित नवन्न अाग्रह गरेका छन् । शनिबार रुपाका २ जनामा काेराेना संक्रमण पुष्टि भए संगै रुपावासी लाई सम्बाेधन गर्दे विज्ञप्ति मार्फत अध्यक्ष अाेझाले सामाजिक दुरि कायम गरि सतर्कता अपनाउन समेत अनुराेध गरेका छन् ।
शनिवार काेराेना संक्रमण देखिएका रुपा ५ र ७ का दुई जनाकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे पनि अाेझाले बिज्ञप्ति मार्फत जनाएका छन्। रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुषलाई काेराेना संक्रमण पाेजेटिभ देखिए पछि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अाईसाेलेसनमा पठाईएकाे छ।
बिश्व स्वास्थ्य संगठनकाे मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरिएकाे दावी गर्दे उनले भारतकाे विभिन्न स्थान बाट अाउनेलाई सिधै गाउँ पालिकाले निर्माण गरेकाे क्वारेन्टाइनमा लगिएको बताएका छन् । क्वारेन्टाइनमा रहेका २४ जनामध्ये २ जनामा मात्रै काेराेना पाेजेटिभ देखिएकाे हाे । २२ जनाकाे रिपोर्ट नेगेटिभ अाएकाे बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।