गण्डकीमा थप ३८ जनामा काेराेना संक्रमण संक्रमितकाे संख्या १ सय १३ पुग्याे

0
884

पाेखरा । गण्डकी प्रदेशमा अाईतबार थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ  ।

स्वास्थ निर्देशनालय गण्डकीका अनुसार  आइतबार बिहानकाे  स्याङ्जा, गाेरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना थपिएका हुन् ।

आज थपिनेमा स्याङ्जाका १४, बागलुङ र गोरखाका १० १० र नवलपुरका ४ जना छन् ।

याेसँगै गण्डकीमा संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।