पाेखरा । अब सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ। अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ भने १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजानेगरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको जानकारी दिए।
उनका अनुसार कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको बताए। आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले जानकारी दिए।
