पर्वतका थप ४ जनामा कोरोना संक्रमण  पुष्टि

0
419

पाेखरा ।शनिबार  पर्वतका थप ४   जनामा काेराेना संक्रमण  पुष्टि भएको छ  ।

पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |

त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको  छ |

उनिहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको  स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। छ |