पाेखरा ।नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु काेराेना संक्रमणबाट भएको जानकारी दिएका छन्। ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।