पाेखरा । आइतबार गण्डकीमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ| नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २३ र ३२ का २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ| उनिहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ |