गण्डकीमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि ,संक्रमितकाे संख्या २४७ पुग्यो

0
662

 

गण्डकीमा अध्यावधिक विवरण अनुसार बुधबार  थप २१ जनामा काेराेना संक्रमण पुष्टि  भएकाे छ।

थप भएका नयाँ २१ जना संक्रमितहरु भारतबाट फर्किएका ब्यक्ति भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।उनिहरु सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन | उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ |  यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।