पाेखरा।नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २-२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।