पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध

0
716

 

लमजुङ। लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए। उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए।  बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ।

 साँकेतिक तस्बिर

रासस,