आज खण्डग्रास सूर्यग्रहण

0
697

पाेखरा। आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।    बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

 

ग्रहण शूतकका कारण खण्डग्रास सूर्यग्रहण नसिकन्जेल अन्य धार्मिक गतिविधि र शुभकार्य नगर्दा राम्रो हुने  नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमको  सुझाव छ । यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘यो बेला गरिएको सानो दान र धर्मले पनि अक्षय फलप्राप्त गर्ने शास्त्रीय मान्यता छ,’ उनले भने, ‘भगवानको मन्त्र जपले पनि धेरै फाइदा पुग्छ ।’

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ ।त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।