योगगुरु रामदेव तथा आचार्य बालकृष्णको पतंजली योग तथा आयुर्बेद संस्थानले कोरोना संक्रमण ३-१५ दिनभित्र निको गर्ने दावीका साथ केहि औषधिको घोषणा गरेको छ |
.
पतंजली अनुसन्धान केन्द्र र NIMS युनिभर्सिटी, जयपुरको संयुक्त पहलमा भएको अनुसन्धानमा यी औषधिले ६५ % बिरामीलाई ३ दिनभित्र कोरोनामुक्त भएको तथा मृत्युदर शुन्य भएको बताइएको छ | स्याम्पल साइज सानो भएको तथा कुन कुन उमेर र अवस्थाका बिरामीमा परीक्षण भएको भनेर बिस्तृत विवरण नआएको हुँदा यसको प्रभावकारिता अध्ययन हुन बाँकी नै छ |
१. दिव्य कोरोनिल ट्याब्लेट ( गुर्जो, अश्वगन्धा र तुलसी मिलाएर बनाएको )
२. दिव्य श्वासारी बटी ( खोकी तथा दममा प्रयोग गर्ने जडिबुटी मिलाएको )
३. दिब्य अणु तेल ( नाकमा राख्ने, षड्बिन्दु तेलजस्तै )
.
यसको साथै पतंजलीले उत्पादन गरेका स्वाशरी क्वाथ, अश्वशिला क्याप्सुल, च्यवनप्रास, मह, घ्युकुमारीको जुस, गुर्जोको रस, शिलाजित क्याप्सुल, बेसार तथा केशर आदिलाई कोभिड इम्युनिटी भनेर प्रचार गरिएको छ |
कोभिड १९ को उपचार तथा खोप नभएको समयमा यी औषधि पतंजलीजस्तो बहुप्रचारित तथा ब्यबसायिक संस्थाले उत्पादन गरेको हुँदा खरबौंको ब्यापार हुने निश्चित छ |
.
यी औषधिको अध्ययन गर्दा के निष्कर्ष पाइन्छ भने हामीले इम्युनिटी पावर बढाउन प्रयोग गरिरहेका, हाम्रो देशमा प्रशस्त उत्पादन भएका गुर्जो, अश्वगन्धा, तुलसी, बेसार, दालचिनी, तेजपात, अदुवा, मह आदि प्रयोग गरिएकोले नेपालको लागि यी औषधि नयाँ हैनन् | यी जडिबुटी प्रयोग गरेमा पतंजलीको औषधि खोज्नु र पर्खिनु पर्दैन |
.
NAST,NHRC, NAMRC आदि अनुसन्धान गर्ने संस्थाहरुले यी जडिबुटीमाथि अनुसन्धान गर्नु जरुरी छ | पतंजलीले निकालेका उत्पादनको अध्ययन गर्दा यी औषधि एन्टिभाइरलको रुपमा भन्दा पनि इम्युनिटी पावर बढाउन उपयोगी हुने निष्कर्ष निकाल्न सकिन्छ |
.
यी बनस्पति हाम्रो देशमा प्रशस्त भएकोले हामीले लाभ लिन सकिन्छ | कोभिडबाट बच्नको लागि सुरक्षा सतर्कता अपनाऔं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं अनि खोपको आशा गरौँ |