पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरु थपिएका हुन् ।
तनहुँकाे व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाकाे कालीगण्डकीका १ पुरुष र बागलुङकाे बरेङ गाउँपालिकाका १ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।
नवलपुरकाे गैंडाकाेट नगरपालिकाका ७ पुरुष, कावासाेती नगरपालिकाका १२ पुरुष र २ महिलामा काेराेना पुष्टि भएकाे छ।
उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
गण्डकीमा शुक्रबार बिहान सम्म १०१ जना बिरामी निकाे भएर घर गएका छन् भने हालसम्म २ जना संक्रमितकाे मृत्यु भएकाे छ ।